काठमाडौँ– अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ। आमा सरस्वतीको उपचारको क्रममा बिहिबार बिहान पाटन अस्पतालमा निधन भएको छ।
विपिनकी आमालाई स्वास्थ्यमा समस्या गम्भीर समस्या देखिएपछि ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो।
आमाको स्वास्थ्यमा समस्या देखिएपछि विपिन पाँचथरमा छायाँकन भइरहेको ‘ऊनको स्विटर’को सेट छाडेर काठमाडौँ आएका थिए। फिल्मको छायाँकन पनि अहिले रोकिएको छ।
आमा सरस्वती फोक्सोमा पानी जम्ने, प्रेसर र मिर्गौला लगायत विभिन्न समस्याबाट पीडित थिइन्।














