कुनैपनि देशमाथिको हस्तक्षेप चाहँदैनौंः नारायणकाजी श्रेष्ठ



काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु देशमाथि कसैको हस्तक्षेप नचाहने बताएका छन् । श्रेष्ठले कसैले कसैको सार्वभौम सत्तामाथि हमला गर्न नहुने समेत बताए ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपाल–भेनेभुएला मैत्री संघ’ को घोषणा कार्यक्रममा उनले भेनेजुएलामा कस्तो शासन बन्छ, त्यो अरुको चासो नभएर भेनेजुएलाका जनताले कस्तो शासन चाहन्छन् भन्ने मुख्य कुरा भएको बताए । उनले कुनैपनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षे हुनु गलत रहेको बताए ।

आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको प्रतिवद्धताबारे अन्य देशहरुले भेनेजुएलाबाट सिक्न पर्ने समेत बताउँदै श्रेष्ठले पूर्वराष्ट्रपति चावेजविरुद्ध विगतमा देशी तथा विदेशी शक्तिको हस्तक्षेपलाई जनताले परास्त पारेको समेत बताए ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरु देशसँग पनि नेपालले त्यही आधारमा सम्बन्ध राख्नुपर्नेमा जोड दिए । उनले संविधानका प्रावधानहरुलाई पकडेर समाजवादमा पुग्न सकिने दाबी समेत गरे ।

संघका अध्यक्ष नहेन्द्र खड्काले नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउन संघले भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : आश्विन १९, २०८१ शनिबार  ५ : ०९ बजे