सरकारको कामबाट असन्तुष्ट माओवादी सहितका विपक्षी दलले राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै



काठमाडौँ । सरकारका कामकारबाहीबाट असन्तुष्ट विपक्षी दलहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउने भएका छन्।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीका नेताहरु अपराह्न ४ बजे शीतल निवासमा पुगेर राष्ट्रपतिलाई सरकारका क्रियाकलापको बारेमा जानकारी गराउने तयारी गरेका छन्।

यसअघि यी पाँच दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सरकारको गलत रवैयाप्रति विरोध जनाउँदै ज्ञापनपत्र बुझाइसकेका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचारीको संरक्षणमा मात्र केन्द्रित भएको आरोप लगाइरहेका छन्। विपक्षी दलहरुले अब सडकमा विरोधको कार्यक्रम गर्ने तयारी गरेका छन्।

प्रचण्डले आज बिहान पार्टी निकट बुद्धिजीवी संगठनका नेताहरुसँगको भेटमा पनि यही कुरा उठाएका थिए। साथै, कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने योजना रहेको जानकारी दिए।

सरकारका गलत क्रियाकलाप रोक्नुपर्ने मागसहित उनीहरुले राष्ट्रपतिलाई भेटेर ध्यानाकर्षण गराउने तयारी गरेका छन्।

प्रकाशित मिति : कार्तिक ७, २०८१ बुधबार  १२ : १९ बजे