काठमाडौं । सोमबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.४१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६४५ मा कायम भएको छ ।
नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.६८ प्रतिशत बढ्यो । सबै सेक्टरका सूचक बढेका छन् । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा यस दिन पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँबराबरको सेयर एक करोड चार लाख १८ हजारपटकमा खरिद–बिक्री भएको छ ।
२१३ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो भने २ को स्थिर रह्यो । फाइनान्स समूह सबैभन्दा धेरै ३।४६ प्रतिशत बढ्यो । बैंकिङ ०.३६, विकास बैंक १।५७, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.५८, लगानी ०.८५, जीवन बीमा १.८४, उत्पादन १.३४, माइक्रोफाइनान्स १.२६, निर्जीवन बीमा ०.६४, अन्य ०.५७ तथा व्यापार ०.७५ प्रतिशत बढे ।










