ममता नेपालीको स्वरमा ‘डिम्पल सुहाउने’



काठमाडौं । ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङरमाष्टरिङ रहेको छ गीतमा ।विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ ।

पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक÷श्रोतामाझ ल्याएका छौँ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ’, संगीतकार भीमले भने ।

ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो सार्वजनिक गीत हो । यस गीतलाई लिएर आफू निक्कै आशावादी भएको उनले बताए ।

गीतको भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

बुवा मदन र आमा मञ्जु नेपालीको कोखबाट कञ्चनपुरको गुलरियामा जन्मिनुभएकी ममता सानैदेखि गीत संगीतमा रुची राखे । उनि यतिवेला पढाइको सिलसिलामा काठमाडौं बस्दै आएको छन् ।

‘यो सार्वजनिक गीत मेरो आफ्नो भन्दा पनि बाढी आमाको र स्वर्गीय मामाको सपना थियो जुन अहिले पूरा गर्ने सानो प्रयास गरेकी छु’, ममता भनिन् ।

प्रकाशित मिति : कार्तिक १३, २०८१ मंगलबार  १२ : २० बजे