सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घट्यो



काठमाडौं । स्थानिया बजारमा मंगलबार सुन हालसम्मकै उच्च मूल्यबाट घटेर कारोबार भएको छ । त्यसपछि आज नयाँ मूल्य तोकिएको हो ।

यस दिन सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २०, २०८१ मंगलबार  ११ : ११ बजे