नेपाल टेलिकमको मल्टिपल टीभी जडान सेवा सुरु



काठमाडौँ । नेपाल टेलिकमले मल्टिपल टीभी जडान गर्ने व्यवस्था सुरु गरेको छ । कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टीभी जडान गर्ने व्यवस्था सुरु गरेको टेलिकमले जनाएको छ ।

यस व्यवस्था अन्तर्गत ४ वटा वा सो भन्दा बढी टीभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् भने ४ देखि १० वटा टीभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स दुई हजार ९ सय अठ्तीस रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन्

तेस्तै ११ वटा भन्दा बढी टीभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स दुई हजार ८ सय पच्चीस रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्ने टेलिकमले जनाएको छ।

आवश्यक जानकारीका लागि १९८ कल गरेर वा नजिकैको कम्पनीको कार्यालयहरुमा सम्पर्क गर्न सकिने पनि टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार  ५ : ३१ बजे