मंगलबार सेयर बजार ११.२४ अंकले घट्यो, ७ अर्ब ८५ करोड ९७ लाख कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक आज मंगलबार सेयर बजार (नेप्से) ११.२४ अंकले घटेको छ । नेप्से ०.४० अंकले घटेर २७४८.९६ को विन्दुमा झरेको छ ।

यस दिन एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर सात अर्ब ८५ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड धेरै कमाउने र मेन्छियम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

धेरै गुमाउने भने गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य ९.३६ प्रतिशतले घटेको छ ।

आज मंगलबारको कारोबारमा १३ उपसमूहमध्ये तीनवटा मात्र समूहगत परिसूचक बढेको (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २७, २०८१ मंगलबार  ४ : ४९ बजे