काठमाडौं । धितोपत्र दोस्रो बजार मापक आज मंगलबार सेयर बजार (नेप्से) ११.२४ अंकले घटेको छ । नेप्से ०.४० अंकले घटेर २७४८.९६ को विन्दुमा झरेको छ ।
यस दिन एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर सात अर्ब ८५ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ ।
आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड धेरै कमाउने र मेन्छियम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
धेरै गुमाउने भने गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य ९.३६ प्रतिशतले घटेको छ ।
आज मंगलबारको कारोबारमा १३ उपसमूहमध्ये तीनवटा मात्र समूहगत परिसूचक बढेको (नेप्से)ले जनाएको छ ।














