काठमाडौं । धितोपत्र बजारमा आइतबार सेयर ११ अर्ब ७२ करोडको कारोबार भएको छ ।बजारको परिसूचक नेप्से ४.९८ अंकले बढ्यो । अघिल्लो दिनको तुलनामा १३.५ प्रतिशत बढ्को हो । अघिल्लो दिन १० अर्ब ३२ करोडको कारोबार भएको थियो ।
सो अंकको वृद्धिसँगै नेप्से २७५३ अंकमा कायम भएको छ । १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन होटल तथा पर्यटन सेक्टरका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । सो सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो ।
१४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।










