काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से १५ अंकले घटेको छ । यस दिन बजार १५.९३ अंकले घटेर २७१८ अंकमा कायम भएको छ ।
अघिल्लो दिन ९ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३६ करोडको कारोबार भएको छ ।
व्यापार र लाइफ इन्स्योरेन्स बाहेक सबै सेक्टरका सूचक घटेका छन् । व्यापार ३.६७ र लाइफ इन्स्योरेन्स ०.७९ प्रतिशत बढे । होटल सेक्टर सबैभन्दा धेरै ३.६३ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.०८, फाइनान्स २.७८, हाइड्रोपावर ०.८८, लगानी ०.९८, उत्पादन १.१४, माइक्रोफाइनान्स १.१४, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.४८ प्रतिशत घट्यो ।
बजार घट्दा ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको सेयर मूल्य घटेको छ ।










