सहरी यातायातमा नयाँ युगको सुरुवातः टाटा म्याजिक बीएस ६ नेपालमा पहिलोपटक सार्वजनिक



नेपालगन्ज । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा पहिलोपटक सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहितको मेल टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ। आज नेपालगञ्जमा आयोजित कार्यक्रममा सहरी यातायातका लागि उपयुक्त मेल टाटा म्याजिक बीएस६ सार्वजनिक गरिएको छ ।

कार्यक्रममा बागेश्वरी यातायातका अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवाका अध्यक्ष निम ब. चलाउने, सनराइज यातायातका अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायीका महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायातका अध्यक्ष रेशम खत्री, र गो कर्णाली यातायातका अध्यक्ष पदम थापा सहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले यस गाडीलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गरे।

टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बीएस २ संस्करणका साथ प्रवेश गरेको थियो । त्यसपछि बीएस३, बीएस ४ हुँदै अहिले बीएस ६ संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा लिन सफल भएको छ । हालसम्म ४ हजारभन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन्।

टाटा म्याजिक बीएस६ का प्रमुख विशेषताहरू

इन्जिनः ६९४ सीसी पेट्रोल

पवरः ३० एचपी

टर्कः ५५ एनएम

गियरबक्सः ५ स्पीड गियर

पांग्राः १३ इन्च टायर

यो गाडीको मुख्य विशेषताहरूमा डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि इको स्वीच, एबीएस र सबै पांग्रामा एन्टी–रोलबार छन् । सिप्रदी ट्रेडिङ प्रालिका एजीएम (सेल्स), सीभीबीयू कृष्ण चन्दले नेपालगञ्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक बीएस ६ उत्कृष्ट यातायात समाधानका रुपमा रहेको बताए ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ कमर्सियल भेहिकल्स बिजनेस युनिटका प्रोडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले भने, ‘टाटा म्याजिक बीएस ६ ले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउनेछ। यसको प्रविधि, आराम, र सुरक्षा यात्रुको अनुभवलाई स्तरीय बनाउनेछ। यो गाडी विशेष गरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको छ।’

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले नेपाली यातायात क्षेत्रलाई टाटा म्याजिक बीएस६ जस्ता अत्याधुनिक गाडीहरू उपलब्ध गराउँदै ग्राहकहरूको भरोसा जित्न सफल भएको छ।

प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार  २ : २१ बजे