काठमाडौं । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरेको छ ।
नेपालभित्र र संसारको जुनसुकै ठाउँमा बसेका नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै गौरवमय परिचय र पहिचान बनाउन सक्छु भन्ने अभिलाषा राख्नु हुने सम्पूर्ण नेपाली भाषी समुदायका लागि यी दुई रियालिटी शोहरुको आयोजना हुन लागेको हो ।
सन् २०२३ मा यी दुबै रियालिटी शोहरुको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको थियो । यो अडिसन १५ देशहरुमा हुनेछ ।अध्यक्ष, बोर्ड अफ डाइरेक्टर्स डिल्ली अधिकारीले पत्रकार सम्मेलन गर्दै सो अडिसन बारे शनिबार जानकारी गराएका हुन् ।
उनले भने, ‘संसारका ५२ देशमा बसोवास गरिरहेका नेपालीहरुको सक्रिय सहभागितामा भएको पहिलो सिजनको सफलताले हामी उत्साहित भएका छौ, कार्यक्रम सफल पार्न अरोहात्र सहगोग गर्ने नेपाल भीष सम्पुर्ण जनसमुदायमा हार्दिक धन्यवाद समेत व्यक्त गर्दछु ।’
मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अन्जु पन्त र तृष्णा गुरुङ निर्णायक (जज) को भूमिकामा रहेका छन् । यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को निर्णायक मण्डलीमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, चर्चित अभिनेत्री शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर वि.सी., किरण थापा रहेका छन् ।
मेरो भ्वाइस युनिभर्सको सिजन २ लाई रियालिटी सोको निर्देशनको क्षेत्रमा ख्याति कमाइ सकेका सुरेश पौडेलले निर्देशन गर्ने छन् भने डान्स युनिभर्सको सिजन २ का लागि निर्देशन विषयमै अध्ययन पूरा गरेकी मोसमी गुरुङले निर्देशन गर्ने छन् ।मेदुबै शोहरुका लागि चर्चित कार्यक्रम प्रस्तोताहरु अनुबन्धित भएका छन् , जसमा रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखेल समेत छन् ।














