काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) १३.५३ अंकले घटेको छ । आईतबार नेप्से ०.५२ अंकले घटेर २५८३.२९ को विन्दुमा पूगेको छ ।
यस दिन चार अर्ब ५१ करोड रुपैयाँमा ९१ लाख ८० हजार ७१८ कित्ता सेयर कारोबार भएको छ ।
आइतबार सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ६.४० प्रतिशतले घटेको छ । मायाखोला हाइड्रोको ६.१२, गरिमा विकास बैंक ४.५२ र नारायणी विकास बैंकको सेयर मूल्य ४.३८ प्रतिशतले घटेको छ ।
८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको सेयर मूल्य घटेको छ र ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।










