एमाले केन्द्रीय कमिटी बैठकः रावल, पाण्डे र तिम्सेनालाई गरिएको कारबाही अनुमोदन



काठमाडौं । नेकपा एमालेको पछिल्लो १० महिनामा पार्टी पोलिटब्यूरो र केन्द्रीय सचिवालयबाट भएका निर्णयहरू केन्द्रीय कमिटीबाट अनुमोदन गरेको छ ।

आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले निर्णयहरू अनुमोदनका लागि प्रस्ताव गरेका थिए । ती निर्णयहरू अनुमोदन भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

जसमा अनुशासनको कारबाहीमा परेका सबै निर्णयहरूको अनुमोदन भएको छ ।

एमालेले पछिल्लो पटक पूर्वउपाध्यक्ष समेत रहेका नेता डा। भीम रावललाई निष्कासन गर्ने निर्णय गरेको थियो भने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो ।

तेस्तै बैठकमा सबै प्रतिवेदनहरुलाई छलफलमा लगिएको छ । बैठकमा छलफलका निष्कर्षहरुलाई अध्यक्ष र महासचिवले जवाफ दिएर मंगलबार बैठक सकिने नेता महेश बस्नेतले बताए ।

उनले भने, ‘बैठकमा सबै प्रतिवेदनहरुलाई छलफलमा लगिएको छ । छलफलका निष्र्कषहरुलाई अध्यक्ष र महासचिवले जवाफ दिएर भोलि या पर्सिमा बैठक सकिने छ । हामी कार्यतालिकका साथ अगाडि बढेका छौं । ’

यसैगरी केन्द्रीय कमिटी बैठकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बस्नेतले भीम रावल एमालेमा फर्किने सम्भावना नरहेको बताए । उनले लामो समयदेखि एमालेमा योगदान दिएका नेता रावलले अनेक कोणबाट एमालेलाई प्रहार गर्न खोजेको बताए ।

प्रकाशित मिति : पुस २१, २०८१ आईतबार  ७ : २८ बजे