सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष फुनुरु शेर्पाले वडाबासीहरुलाई न्यानो ज्याकेट बितरण गरेका छन् ।
वडाभित्रका अपांगता भएका व्यक्ति, वृद्धबृद्धा, एकल महिला, विद्यालयका शिक्षक, गुम्बाका लामा गुरु,प्रहरी,वडाका जनप्रतिनिधि र स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई उनले ज्याकेट बितरण गरेका हुन ।
झण्डै ९ लाख रकम बराबरको ३ सय २१ थान डाउन ज्याकेट वितरण गरेको वडाध्यक्ष्य शेर्पाले बताए ।
ज्याकेट वितरणका लागि ड्रिम क्यारियर ट्रेक्स एन्ड एक्सपिडिसनका डाइरेक्टर पासांङ छिरी शेर्पाले दुई लाख, ओङछु शेर्पा र टानका वरिष्ठ उपाध्यक्ष सोनाम शेर्पाले ५०हजार,खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ का काग्रेस सभापति मिंङ्मा शेर्पाले ५० हजार, समाजसेवी पेमा छेवाङ शेर्पाले ४० हजार, पर्यटन व्यवसायी निमा छिरी शेर्पाले ३० हजार, सोनाम गेल्जेन शेर्पाले २० हजार र ४ नं वडा सभापति पासाडं दावा शेर्पाले १० हजार सहयोग गरेको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।














