एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा खोजे असल मान्छे



काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो फेसबुक पेजबाट सत्य र तथ्यको पक्षमा बोल्न आग्रह गरेका छन्।

केही दिनयता फेसबुकमा सक्रिय महासचिव पोखरेलले सामाजिक सञ्जालमा प्रश्च गर्नुभन्दा आफैँले लेख्न सुरु गर्न प्रयोगकर्तालाई आग्रह पनि गरेका छन्।

‘तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नुभन्दा आफैले लेख्न सुरु गर्नुहोस् । तपाई आफै अघि सरेपछि सत्य र तथ्य बलियो हुन सुरु गर्दछ । त्यसले अरूलाई पनि अघि सर्न प्रेरित गर्दछ । अराजकता र अशिष्टता क्रमशः कम भएर जान्छ’, पोखरेलले लेखेका छन् ।

उनले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै भएको पनि बताएका छन् ।

‘सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै हो । सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ । घर भित्र बसेको मान्छे सडकमा नदेखिए जस्तै सामाजिक सञ्जालमा असल मानिसहरू नआउँदासम्म आएका खराब मान्छेहरू देखिने हो ।’

प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार  १२ : ३७ बजे