होली पर्वका लागि ‘होली सररर’ सार्वजनिक, रुद्रसेन विश्वकर्माको नयाँ प्रस्तुति



बर्दिवास ।होली पर्वलाई लक्षित गर्दै गायक रुद्रसेन विश्वकर्माले ‘होली सररर’ गीत सार्वजनिक गरेका छन् । गायिका समीक्षा अधिकारीसँग मिलेर गाएको यस गीतमा रुद्रसेनकै शब्द, संगीत समावेश छ ।

गीतलाई योगेश काजीले एरेञ्ज गरेका छन् भने मिक्सिङ मनोज परियारले गरेका छन् । म्युजिक भिडियोमा अभिनेता आर्यन सिग्देल, बिना राउत र गायक स्वयंको दमदार अभिनय रहेको छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका हुन् ।

गायकले भने, ूयो गीतले होलीको उमङ्ग बढाउनेछ, सबैले होलीमा नाच्दै रमाउने आशा राखेको छु ।

प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार  ४ : ५० बजे