काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) २१.६३ अंक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.७९ प्रतिशतले घटेर २,७१४.८५ विन्दुमा बन्द भएको हो ।
यस दिन ६ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार ०.७९ प्रतिशतले बजार घटेको हो । कुल ३ सय १६ धितोपत्रको ७९ हजार ३१ कारोबार भएको छ । कुल १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँ बराबर भएको छ । सबैभन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले आज घाटा बेहोरेका छन् । यस उपसूचकको मूल्य २.२५ प्रतिशतले घटेको छ । व्यापार उपसूचक भने ४.९२ प्रतिशतले बढेको छ ।
यस दिन ३१ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ भने २०७ कम्पनीको सेयरमूल्य घटेको छ र ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।














