गृहमन्त्री लेखकले भने -पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो



काठमाडौं । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट व्यक्तिहरूले गैरकानुनी सेवासुविधा लिएको र अहिले त्यस सम्बन्धमा कानुन बनाउन लागिरहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिँदै राज्यकोषमा अनावश्यक भार नपर्ने गरी पूर्व विशिष्टहरूलाई सुविधा दिने कानुन बनाउन लागिएको जानकारी दिए ।

उनले भने, गैरकानुनी सुविधा दिएको भन्दै सर्वोच्च अदालत, संसदीय समिति, महालेखा परीक्षकलेसमेत प्रश्न उठाएपछि कानुन बनाउनुपरेको उनको भनाइ छ। ‘पूर्व विशिष्टले यसअघि पनि सुविधा लिइरहेका छन्। सरकार्यले आफूखुसी कार्यविधि बनाएर, निर्णयकाआधारमा सुविधा दिइँदै आइएको छ। अब त्यसलाई थप व्यवस्थित गर्नका लागि कानुन बनाउन लागिएको हो’,।

पूर्वविशिष्टलाई सेवा सुविधा दिनका लागि यसअघिकै सरकारले अध्यादेश ल्याएको र त्यो कानुन नबनेको अवस्थामा अहिलेको सरकारले यस विषयमा कानुन बनाउन ९ पुस २०८१ देखि कार्य थालिएको उनले जानकारी दिए।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : ४९ बजे