ग्लोबल मनी वीक २०२५ : बागलुङ्गको बुर्तिबाङमा प्रभु बैंकको जनचेतनामूलक र्याली



बागलुङ्ग । प्रभु बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा बागलुङ्गको बुर्तिबाङमा बित्तिय जनचेतनामूलक र्यालीको आयोजना गरेको छ । “अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं।” भन्ने मूल नाराका साथ आयोजित र्यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो।

र्यालीमा सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।

युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउन, वित्तीय योजनाको महत्व बुझाउन र वित्तीय साक्षरताको प्रवर्द्धन गर्न जनचेतनामूलक र्याली आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारे। उनले बालबालिका, बृद्घ तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ५ : ५३ बजे