सुनको मूल्य हालसम्मकै उच्च,तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजको सुनको मूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेर कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १० : ५० बजे