देउवा, ओली र प्रचण्डको बैठक भोलि , राजावादीहरुको गतिबिधी र संक्रमणकालीन न्यायबारे छलफल हुने



काठमाडौं, १० चैत । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता तय भएको छ ।

नेतात्रयबीच भोलि (सोमबार) दिउँसोका लागि भेटवार्ता तय भएको हो । जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानअन्तर्गत केही समयदेखि भ्यालीबाहिर रहेका प्रचण्ड आज काठमाडौं आएका छन् ।

शीर्ष नेताहरुबीचको भेटवार्तामा समसामयिक राजनीति, पछिल्लो समय विकसित भएरहेका प्रतिगामी हर्कत, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

तीन शीर्ष नेताहरुको छलफलमा राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे पनि छलफल हुनसक्ने सम्भावना रहेको छ । राजावादीहरुको पछिल्लो गतिविधिले गणतन्त्रवादी शक्तिहरुलाई एक ठाउँमा आउने माहोल खडा गरिदिएको छ ।

प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार  ८ : १७ बजे