सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य स्थिर छ ।

चाँदी आइतबार (चैत १० गते)देखि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार  १२ : १७ बजे