काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से ) ५८.०५ अंकले घटेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको छ ।
यस दिन पाँच अर्ब १८ करोड सात लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस दिन सबै सेक्टर घटे । बैंकिङ १.४२, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६, अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशत घटे । यस दिन मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे । एनसीसीडी ८६, केबीएलडी ८९को मूल्य ४ प्रतिशतभन्दा धेरै बढ्यो ।
चार कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।










