सुनचाँदीको मूल्य सामान्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।

मंगलबार एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो ।

आज २०० रुपैयाँले बढेर एक लाख ७३ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोवार भैइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार  ११ : २० बजे