सुनको मूल्यमा भारि वृद्धि, तोलामा कति पूग्यो ?



काठमाडौँ । स्थानिय बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ ।

बुधबारको तुलनामा छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार  ११ : ०९ बजे