सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पूग्यो ?



काठमाडौं । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

बिहीबारकोे तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार  ११ : ०५ बजे