काठमाडौं । कुलमान घिसिङले दायर गरेको मुद्दाको पेसी सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासमा परेको छ ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङको रिटको सुनुवाइ आज सर्वोच्च अदालतको आठौँ नम्बर इजलासमा हुनेछ।
यसअघि गत शुक्रबार सर्वोच्चका न्यायाधीश अजिज मुसलमानले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका थिए ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले सरकारको निर्णय अन्यायपूर्ण रहेको जिकिर गर्दै न्यायिक पुनरावलोकनको माग गरेका छन्।














