कुलमान र हितेन्द्रदेवको रिट हेर्न नमिल्नेमा



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङ र कार्यकारी निर्देशकमा नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट हेर्न नमिल्नेमा परेको छ।

आइतबार परेको उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासले हेर्न नमिल्नेमा परेको हो।

चैत ११ गते सरकारले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएपछि उनी गैरकानुनी रुपमा हटाएको भन्दै सर्वोच्च अदालत गएका थिए।

यसअघि शुक्रबार चैत १५ गते अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटमा कारण देखाउ आदेश दिँदै अन्तरिम आदेशको छ्लफलका लागि आज बोलाएको थियो।

प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार  १२ : १९ बजे