काठमाडौं । निर्मल निवासले बुझ्न अस्वीकार गरेपछि काठमाडौं महानगरले जरिवाना पत्र हुलाकमार्फत पठाएको छ।
आइतबार बिहान महानगरको टोली निर्मल निवास पुगेको भएपनि पूर्वराजा ज्ञानेन्द्र शाहसँग सरोकारको विषय नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले हुलाकमार्फत पत्र पठाएको हो।
निर्मल निवासबाट टोली फिर्ता भएपनि हुलाकमार्फत जरिवानाको पत्र पठाइएको महानगर नगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए ।














