लुम्बिनी । नेपाली लेखक सङ्घको अध्यक्ष पदमा वियोगी बुढाथोकी विजयी भएका छन्।
बुढाथोकीले ११५ मत प्राप्त गरी विजयी भएका हुन्। प्रत्यासी डा रत्नमणि नेपालले ५९ मत प्राप्त गरे।
सङ्घको सहअध्यक्षमा मनोज न्यौपानेले १०२ मत प्राप्त गरी विजयी भए। प्रतिस्पर्धी डा शैलेन्दु प्रकाश नेपालले ६९ मत पाए।
महासचिवमा सोझो गाउँलेले १२६ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्प्रर्धी प्रकाश विमिलले ४९ मत प्राप्त गरे।
सङ्घको आठौँ राष्ट्रिय अधिवेशनमा कूल ३९ पदका लागि ४६ जनाले उम्मेदवारी दिएका थिए।
त्यसमध्ये ६ उपाध्यक्ष, एक उपमहासचिव, एक कोषाध्यक्ष, चार सचिव र २४ सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएकाले उनीहरू स्वतः निर्विरोध निर्वाचित भए।
सङ्घको उपाध्यक्षमा दामु मर्सिफुल, डा ईश्वरमणि अधिकारी, डा विष्णु केसी र डा शशि थापा पण्डित, कोषाध्यक्षमा विसुकुमार केसी, उपमहासचिवमा नारायण सापकोटा, सचिवमा निर्मल ढुङ्गाना, डा लोकेन्द्रबहादुर खड्का, मिलन समीर र निर्मला कोइराला निर्वाचित हुनुभएको निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङले बताए।
निर्वाचनमा कूल १८२ जनामध्ये १७६ जनाले मतदान गरेका थिए।














