राजावादीहरुको प्रदर्शनमा सहभागी नहुन सरकारको आग्रह



१९ चैत्र । सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनमा सहभागी नहुन आम सर्वसाधारणलाई अपिल गरेका छन् ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो अपिल गरेका हुन् ।

‘यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ,’ गत शुक्रबार तीनकुनेमा घटेको घटनाबारे जानकारी गराउँदै उनले भने ।

यस्तै, सबै घाईतेहरुको निःशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने पनि उनले जानकारी दिए ।

उनले राजावादीहरु प्रदर्शनलाई अराजकहरुको प्रदर्शनको संज्ञा दिएका छन् ।उनले तिनकुनेमा भएको घट्ना हिंसात्मक प्रदर्शन भनेका छन् ।

प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार  ५ : ११ बजे