सहकारी ठगी प्रकरण : रविलाई रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदैछ ।

शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई आज रूपन्देही जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।

आज कार्यालय खुलेपछि प्रक्रिया पुराएर कारागार लैजाने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो ।

प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार  १० : १९ बजे