रवि लामिछानेलाई भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै राखियो



काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार जिल्ला कारागार भैरहवा, रुपन्देहीमा राखिएको छ ।

लामिछानेलाई कारागार प्रशासनले ४ नम्बर ब्लकमा एक्लै राखेको छ ।

भैरहवा कारागारमा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अन्य कैदी तथा थुनुवाहरू छन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा लगिएको थियो ।

प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार  १ : ३९ बजे