माधव नेपालले भने- राजनीतिबाट बिदा हुनुपर्ने भएकाले राष्ट्रपति पद स्वीकार गरिनँ



विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्व राष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किने कार्य उपयुक्त नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले औचित्यहीन राजतन्त्र पुनःस्थापना नहुने बताए । “औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ”, पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको स्पष्ट गर्दै उनले भने ।

पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनको भनाई छ ।

उनले राष्ट्रपति भएपछि राजनीतिबाट बिदा हुनुपर्ने भएकाले आफूले यसअघि सो पद स्वीकार नगरेको जिकिर गरे ।

प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार  १२ : ५२ बजे