काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन् ।
मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले आफ्ना नेताहरुलाई हतकडी लगाएको विषय राप्रपाले इखको रुपमा लिएको बताउदै यस्तो भातपानी बन्द गर्ने चेतावनी दिएका हुन् ।
म फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौं त भन्दिनँ । बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं ,’ लिङ्देनले भने, ‘
उनले गणतन्त्र कति कमजोर रहेछ भनेर देखाउन आएको भन्दै राज्यआतंक सधै नचल्ने चेतावनी दिए ।









