सरकारले फेरि बोलायो आन्दोलनरत शिक्षकहरूलाई वार्तामा



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई वार्ताको लागि पुनः आह्वान गरेको छ ।

आज (मंगलबार) पुनः सूचना जारी गर्दै मन्त्रालयले वार्ताको लागि उपस्थित हुन लागि नेपाल शिक्षक महासंघलाई आग्रह गरेको हो ।

‘हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा भोलि मिति २०८१/१२/२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारीलगायतका सबै शिक्षक’कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ,’–मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्धारा जारी पत्रमा भनिएको छ ।

यसअघि पनि सरकारले वार्तामा आउनका लागि शिक्षकहरुलाई आह्वान गरेको थियो । 

प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार  ४ : ५९ बजे