शिक्षक महासङ्घले भन्यो – नयाँ माग छैनन्, पुरानै सहमति कार्यान्वयन होस्



काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आफूहरू नयाँ सहमतिको लागि आन्दोलनमा नउत्रिएको प्रस्ट पारेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै महासङ्घले विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तेस्रोपटक शिकक महासंघसहित अन्य शिक्षक संघ संगठनलाई तेस्रो पटक मंगलबार विज्ञप्तिमार्फत वार्तामा बोलायो । तर, शिक्षक महासंघले वार्ताको लागि सर्त अगाडि सार्‍यो । ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म वार्तामा नजाने विज्ञप्तिबाटै जवाफ दियो ।

नेपाल शिक्षक महासङ्घ सरकार समक्ष नयाँ मागपत्र पेश गरी आन्दोलन आएको छैन । यो आन्दोलनको लक्ष्य विभिन्न मुद्दा र विषयमा छलफल गरी नयाँ सहमति गर्नु पनि होइन । यो आन्दोलनको उद्देश्य विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनु हो,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि पहिलोपटक शिक्षा मन्त्रालयले २१ चैतमा पनि वार्तामा बोलाएको थियो ।

प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार  १२ : १४ बजे