वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमानको घोषणा,तीनकुने घटनाको छानविन गर्न नागरिक आयोग गठन



काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा।जगमान गुरुङले अब सामूहिक गिरफ्तारी दिने बताएका छन् ।

आगामी वैशाख २१ गतेभित्र राजावादी आन्दोलनका क्रममा पक्राउ परेकाको रिहा र नजरबन्दमा राखिएका नवराज सुवेदीलाई मुक्त नगरेको भन्दै सामूहिक गिरफ्तारी दिने बताएका हुन् ।

‘२२ गतेका दिन सामूहिक गिरफ्तारी दिने हो । म आफैँ पहिला हिँड्छु तपाईंहरु कोको आउनुहुन्छ आउनुस्’, गुरुङको भनाई छ । उनले ज्यानको माया मारेर अगाडि बढ्ने तर भद्र अवज्ञा आन्दोलन गरेर अघि बढ्ने बताए ।

तेसैगरि गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको छाविनको लागि भन्दै राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले स्वतन्त्र र निष्पक्ष नागरिक छानबिन आयोग गठन गरेको छ । संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपालका अनुसार वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा आयोग गठन भएको हो । नागरिक समाजका विशिष्ठ व्यक्तित्व तथा संघरसंस्थाहरुको सामूहिक प्रस्तावमा पारित नागरिक छानबिन आयोगका सदस्यहरुमा सुरक्षा क्षेत्रबाट पूर्वएआइजी रविराज थापा, चिकित्सा क्षेत्रबाट डा।रामप्रसाद उप्रेती, मानवअधिकारको क्षेत्रबाट मानवअधिकार विषयमा विद्यावारिधी डा।ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल रहेका छन् ।

उक्त आयोग गठनको प्रस्तावका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा।जगमान गुरुङ्ग, ३६ वटा संघसंस्थाको छाता संस्था राष्ट्रिय शक्ति नेपालका संयोजक केशर बहादुर बिष्ट, पर्यटन व्यवसायी समाजसेवी भरत बस्नेत, किशोरी महतो, प्रा।डा। रत्नकमल वैद्य, अध्यात्मिक नेतृत्व आरबी बस्नेत, मानवअधिकार म्याग्नामिट, २०११ का संयोजक सुरेश आचार्य, रमा सिंह, अस्मिता भण्डारी, पूर्व प्रशासक हरिबहादुर बस्नेत, राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक नरेश बहादुर सिंह, ध्रुव खतिवडा, यादवराज पाण्डेय, निराकार रेग्मी, दिपक महाराज आत्रेय, नेवा एकता तथा नागरिक समाजका रञ्जिता श्रेष्ठसमेत ३९ संघसंस्था तथा प्रबुद्ध व्यक्तित्वहरुका तर्फबाट हस्ताक्षर भएकोमा आज सम्पन्न एक भेलाले पारित गरेको बताइएको छ ।

प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार  ३ : १२ बजे