देशमा भ्रष्टाचार भईरहेको आशंका छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारको विरोधी रहे पनि भ्रष्टाचार भइरहेको आशंका लागेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा सुशासन र विकास तथा समृद्धि चाहिएको भन्दै सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने दाबि गरे ।

ओलीले देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरु मिलेर सरकार बनेको भन्दै आगामी निर्वाचनसम्म र त्यसपछि पनि राजनीतिक स्थिरताको यो शिलशीला कायम नै रहने दाबी गरे ।


उनले भने,‘आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ । त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरुको पनि सहयोग चाहिन्छ । देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरु मिलेर सरकार बनेको छ । त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो शिलशीला कायम रहन्छ । त्यसकारण तपाईहरु ढुक्क भएर लगानी गर्नुस् । देशको विकासका योगदान गर्नुस् ।’


उनले कसैलाई गाली गलौज, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्न नहुने बताए । बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने र हरेक क्षेत्रमा सम्भवना छ भनेर कन्भिन्स गर्न सक्नुपर्ने उनको धारणा छ ।


‘कसैलाई गाली गलौज, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्नु हुँदैन । मानिसकलाई सहजरुपमा सेवा सुविधा दिनका लागि सूचना र प्रविधिको प्रयोग हुनुपर्छ । हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ । हरेक क्षेत्रमा सम्भवना छ भनेर तपाईँहरुले कन्भिन्स गर्न सक्नुहुन्छ ।’


प्रधानमन्त्री सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरुप्रति चेम्बरजस्ता संस्थाहरुले घोचे थाप्ने काम नगरी समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरु प्रशंसनीय रहेको बताए ।

प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार  ६ : ४२ बजे