काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ८.६० अंकले घटेको छ । बजार २६६७.६ विन्दुमा कायम भएको छ ।
यस दिन पाँच अर्ब ६३ करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.०९, फाइनान्स ०.४९, होटल तथा पर्यटन ०.४१, लगानी ०.२९, जीवन बीमा ०.३२, उत्पादन ०.८७, निर्जीवन बीमा ०.२०, अन्य ०.९० र व्यापार सेक्टर ०.११ प्रतिशत घटे । माइक्रोफाइनान्स ०.३८, हाइड्रोपावर ०.०९ र विकास बैंक सेक्टर ०.०३ प्रतिशत बढे । दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो ।
११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














