आज तीन संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसुची



काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दैछ ।

शुक्रवार कानून, न्याय तथा मानवअधिकार समिति को बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ ।
बैठकमा २०८१ साल चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लङ्घनका विषयहरूमाथि गृहमन्त्रीसँग छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी आज संघीय संसदको राष्ट्रिय सभा अन्र्तगत रहेको विधायन व्यवस्थापन समितिको ५८ औँ बैठक बस्दैछ ।

अपराह्न १ बजे बस्ने बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २७३ औँ बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार  ८ : ४९ बजे