बजार अनुगमनमा वाणिज्य विभागको सक्रियता, २० वटा उद्योगहरूको कारोबार रोक्का



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ ।

विभागले आज थप चार वटा उद्योगको कारोबार रोक्का गरेको छ भने यस महिना भरी १५० तार उद्योग अनुगमन गर्दै २० वटा भन्दा बढीको कारोबार रोक्का गरेको हो ।

आज कारोबार रोक्का गरिएका उद्योगहरूमा जनता केवल इन्डस्ट्री प्रा।ली।, युनाइटेड वायर एन्ड केवल इन्डस्ट्री प्रा।ली।, प्राइम केवल इन्डस्ट्री प्रा।ली। र राठी ब्रान्डको अन्नपूर्ण केवल्स प्रा।ली। रहेका छन् ।

विभागले काठ्माण्डौँको भोटाहिटी क्षेत्रमा अनुगमन गर्दा उक्त तार उद्योगहरूले आफ्ना उत्पादनमा अधिकतम खुद्रा मूल्य ९एमआरपी० नराखेको पाएपछि कारोबार रोक्का गरेको हो ।

कारबाहीमा परेका उद्योगीहरूले रोक्का गरिएको कारोबार फुकुवाका लागि बिलविजक लगायतका आवश्यक कागजात सहित विभाग उपस्थित हुन विभागले सूचना गरेको छ ।

विभागका महानिर्देशक कुमार दहालले भने, ‘हामीले मगाएका सबै कागजपत्र र नमुना सहित विभागमा उपस्थित भएको अवस्थामा कारबाही फुकुवा गर्नेछौँ, यसअघि कारोबार रोक्का भएका केही उद्योगको कारबाही फुकुवा पनि गरिएको छ । हामी नयाँ नयाँ ठाउँहरूमा अनुगमन गरी रहेका छौँ, अनुगमन हरेक दिन जारी रहन्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा अनुगमन कार्यलाई तीव्रता दिएको वाणिज्य विभागले सबै सामग्रीहरूमा९एमआरपी० अनिवार्य गरेको छ ।

सिमेन्टका बोराहरूमा९एमआरपी० राख्नका लागि भने उद्योगीहरूले केही दिनको समय माग गरेकोमा उक्त समय सकिन लागेको छ । सिमेन्टमा आगामी वैशाख १ देखी ९एमआरपी० राखिने बताइएको छ ।

तौलेर वा गजले नापेर बेच्ने बाहेकका हरेक सामग्रीमा ९एमआरपी० अनिवार्य गरिएको हो । अनुगमन कार्यलाई तीव्रता दिएसँगै अधिकांश उद्योगीहरूले भने ९एमआरपी० राखेको पाइएको छ ।

प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार  ९ : २२ बजे