तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई पनि जवाफदेही बनाउनुपर्छ : महेश बर्तौला



काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनप्रति पूर्वराजा ज्ञानेन्द शाह जवाफदेही हुनुपर्ने बताएको छन् ।

आज (शुक्रबार) कानुन समितिको बैठकलाई सम्बोधन गर्दैै उनले गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रको आह्वानले उक्त घटना हुन मलजल गरेको उनले आशंका व्यक्त गरे । ‘फागुन ७ गते पूर्वराजाले जुन आह्वान गर्नुभयो । उहाँले बेला आएको जनताहरुले साथ दिनुपर्छ भन्नुभएको छ। त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ,’– उनले भने ।

बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति समेतको पृष्ठभुमिमा तीनकुने घटना भएको जिकिर गरे ।

प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार  १ : ५० बजे