प्रभु क्यापिटलको वर्ष २०८२ को कर्पोरेट डिजिटल क्यालेन्डर सार्वजनिक



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाली नयाँ वर्ष २०८२ को लागि तयार गरेको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ ।

क्यापिटलले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत मितिहरू, सार्वजनिक बिदाहरू, तिथि, नेपाली र अंग्रेजी मिति तथा नेपालीहरुले मनाईने विविध चाँडपर्व तथा सांस्कृति झल्किने तस्वीरहरु राखेर क्यालेन्डर सार्वजनिक गरेको हो ।

साथै क्यापिटलले दिने सेवा बारे ग्राहकहरुलाई लगानी तथा वित्तीय साक्षरता सम्बन्धी सन्देश पनि दिएको छ ।

उक्त क्यालेन्डर डिजिटाइज गरी वेबसाइटमार्फत डाउनलोड सहितको सुबिधा दिई उपलब्ध गराएको छ भने डिजिटल माध्यमबाट सम्पूर्णमा पहुँचयोग्य बनाउन सो को क्युआर कोड सामाजिक सञ्जाल र वेबसाइटमार्फत उपलब्ध गराएको छ ।

साथै क्यापिटलले हाम्रो नेपाली सभ्यतामा चाँडपर्वहरुमा उपहार तथा कोसेली दिने परम्परालाई भावी सोचले नयाँपन दिदै, आफ्ना प्रियजन तथा मान्यजनलाई उपहार स्वरुप भविष्यमा लगानी वृद्धि हुदै जाने खालका वित्तीय साधनहरु दिएमा वित्तीय समृद्धि तथा भविष्यमा उनीहरुले वित्तीयसुरक्षा समेत पाउन सक्छन् भन्ने वित्तीय साक्षरताको सन्देश पनि दिएको छ ।

मर्चेन्ट सम्बन्धी विभिन्न सेवा, सुविधा तथा योजनाहरूमा २ लाख ६० हजार बढी ग्राहक भएको प्रभु क्यापिटलले आफ्नो कमलादी स्थित कर्पोरेट कार्यालय तथा प्रभु बैंकको सम्पूर्ण शाखा कार्यालयबाट डिम्याट खाता खोल्ने सुबिधा दिएको छ भने ग्राहकले अनलाईन मार्फत समेत डिम्याट तथा पिएमएसको सेवा लिनसक्ने छन् ।

प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार  २ : २५ बजे