गभर्नर नियुक्तिको मापदण्ड संशोधनविरुद्ध सर्वोच्चमा रिट दायर,मंगलबार सुनुवाइ



काठमाडौं, ३१ चैत । सरकारले गरेको गभर्नर नियुक्तिको मापदण्ड संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर नियुक्तिको मापदण्डमा उमेर हद हटाउने सरकारको निर्णयविरुद्ध रिट दायर गरेका हुन् ।

रिट निवेदनमा संशोधन भएको उक्त मापदण्ड बदर गर्न माग गरिएको छ ।

सरकारले गभर्नर नियुक्तिमा व्यक्तिलक्षित गरेर मापदण्ड संशोधन गरेको भनी आलोचनासमेत भइरहेको थियो ।

सरकारले गभर्नर नियुक्तिको मापदण्डमा रहँदै आएको ६५ वर्षीय उमेर हद हटाएको थियो ।

आगामी मंगलबार उक्त रिटको सुनुवाइका लागि पेशी तोकिएको छ ।

प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार  २ : ३४ बजे