काठमाडौं । धितोपत्र दोस्रो बजार मापकसेयर बजार (नेप्से परिसूचक) आइतबार ८.६२ अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २६६२.०८ विन्दुमा बन्द पूगेको हो ।
नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेको छ। यस दिन ६ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.२१, विकास बैंक ०.७७, फाइनान्स ०.८८, हाइड्रोपावर ०.४५, जीवन बीमा ०.६१, उत्पादन ०.८४ र लघुवित्त ०.२६ प्रतिशत घटेका छन् ।चार सेक्टरका सूचक भने बढेका छन् । होटल तथा पर्यटन ०.१४, लगानी १.६८, म्युचुअल फन्ड ०.२६ र निर्जीवन बीमा ०.०८ प्रतिशत बढेका छन् ।आइतबार दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बढेको हो ।
यस दिन ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।










