मध्यपुर थिमिमा सिन्दुर जात्राको उल्लास (तस्बिरहरु)



काठमाडौं । मध्यपुर थिमिमा मनाइने बिस्केट(बिस्का) जात्रा सँगै सिन्दुर जात्रामा पनि मनाइएको छ ।

मध्यपुर थिमिमा एकाबिहानै ३२ खटसहितको सिन्दुर जात्रा आयोजना गरिएको हो ।

सिन्दुर जात्राको क्रममा बालकुमारी र सिद्धिकालीको गणहरुसहितका खट ल्याएर बालकुमारी प्रवेश गराएपछि जात्राको सुभारम्भ गर्ने प्रचलन रहिआएको छ।

विभिन्न मौलिका बाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेल्दै जात्रा मनाएका हुन् ।

प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार  १० : ५१ बजे