७.०१ अंकले बढ्यो सेयर बजार, ७ अर्ब २६ करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार नेप्से परिसूचक ७.०१ अंकले बढेको छ । आज नेप्से बढेर २,६९६.२३ विन्दुमा बन्द पूगेको छ ।

यस दिन ७ अर्ब २६ करोड बराबरको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.३९, विकास बैंक १.११, जीवन बीमा ०.०५, निर्जीवन बीमा ०.५५ र व्यापार ०.११ प्रतिशत बढे ।ङादी ग्रुपको ७.४, ग्रिन डेभलपमेन्ट बैंकको ६.५, शिवश्री हाइड्रोपावरको ५.८ र हिमालयन पावर पार्टनरको ५.८ प्रतिशत मूल्य बढ्यो । गुराँस लघुवित्त वित्तीय संस्थाको ५.५, सिन्धु विकास बैंकको ४.३ प्रतिशत मूल्य घट्यो ।फाइनान्स ०.६७, होटल तथा पर्यटन ०.१६, लगानी ०.३५, उत्पादन समूह ०.१६, माइक्रोफाइनान्स ०.०६ र अन्य समूह १.०७ प्रतिशत घटे ।

यस दिन १४७ कम्पनीको सेयरमूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार  ४ : ४७ बजे